पर्वत। भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर धु्रव पोखरेलले बताए। पुल निर्माणका लागि रु छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।
प्रतिक्रिया