काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भाटभटेनीको आग्रपाली वाङ्केटमा वार्षिक साधारण सभा सम्पन्न औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन, अध्यक्षको मन्तव्य लगायतका प्रतिवेदनहरु प्रस्तुत गरिएको साधारणले प्रस्तुत प्रतिवेदनहरुमा छलफल गरि पारित गरेको जनाइएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१÷०८२ को वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरणहरू पनि पारित गरिएको छ ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२÷०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिएको छ । लेखापरीक्षण समितिको सिफारिस अनुसार वर्तमान लेखापरीक्षक एस.ए.आर. एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाइएको छ ।
सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशतले हुने १ अर्ब रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो । यसैगरी, कम्पनीबाट प्रदान गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाबाट पारित गरिएको छ ।
प्रतिक्रिया