ललितपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारमा लिङ्देन निवासमा आज विहान सञ्चारमन्त्री खरेल र लिङ्देन बिचमा भेटवार्ता भएको हो ।
भेटवार्तामामा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको जनाइएको छ । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिए । सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताएको समेत जनाइएको छ ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको अन्य दलका नेताहरूसँग भेटवार्ता र छलफल गर्दै आएका छन् ।
प्रतिक्रिया