याङनाम आधारभूत विद्यालयका ६० विद्यार्थीलाई न्यानो कपडा

मंगलबार, २२ पुस २०८२

पाँचथर: पाँचथरको फिदिम नगरपालिका–१० मा सञ्चालन भइरहेको याङनाम आधारभूत विद्यालयमा अध्ययनरत ६० जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ।

ज्ञान समाज काठमाडौंको सहयोगमा विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई जम्पर र ट्र्याकसुट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरेश सापकोटाले जानकारी दिए। उनका अनुसार मंगलबार विद्यालय परिसरमै सार्वजनिक कार्यक्रम आयोजना गरी कपडा वितरण गरिएको हो।

कार्यक्रममा ज्ञान समाज काठमाडौंका अध्यक्ष सम्दु जवगु र उपाध्यक्ष आशिष अर्यालसहितको टोलीले विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गरेको जनाइएको छ।

ज्ञान समाज काठमाडौंका अध्यक्ष जवगुले जाडो बढ्दै गएकाले विद्यालय प्रशासनको मागअनुसार यो सिजनमा उपयोगी न्यानो कपडा वितरण गरिएको बताए। उनले यस प्रकारका सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको तर्फबाट सहयोगदाताहरूलाई सम्मान तथा स्वागत गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार