काठमाडौँ : नागरिक सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका छन् ।
घिसिङले राजीनामा बुझाएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो निर्णयको जानकारी दिएका छन् ।
जेनजी आन्दोलनको बलमा गठन भएको गैरदलीय सरकारमा उनी भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । मन्त्री पदमा रहेकै समयमा घिसिङ रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)सँग उपसभापतिको सहमति गरी एकता गर्ने राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिनुपर्ने आवाज उठिरहेको थियो ।
प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जाल र जनस्तरमा उठेका प्रश्नलाई मध्यनजर गर्दै घिसिङलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् ।
प्रतिक्रिया