राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको सूची सार्वजनिक

बुधबार, २३ पुस २०८२

काठमाडौँ : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीअनुसार १९ रिक्त पदका लागि विभिन्न प्रदेशबाट विभिन्न दलका ४४ उम्मेदवारले आवेदन दिएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारीमाथि उजुरी यही पुस २४ गते दिन सकिनेछ भने २५ र २६ गते उजुरीको जाँचबुझपछि अन्तिम नामावली प्रकाशित गरिनेछ । २७ गते उम्मेदवारी फिर्ता लिन सकिने र २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका तय गरिएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रारम्भिक मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४५ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख १,४९८ जना गरी जम्मा २,०४३ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ ।

हेर्नुहोस् सूचि :-

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार