इटहरी रंगशालामा पुनर्निर्मित इलाका प्रहरी कार्यालय भवन उद्घाटन

बुधबार, २३ पुस २०८२

इटहरी : इटहरी उप–महानगरपालिका वडा नम्बर ९ स्थित रंगशाला परिसरभित्र पुनर्निर्मित इलाका प्रहरी कार्यालयको भवन बुधबार उद्घाटन गरिएको छ ।

गत भदौ २३–२४ गते जेनजी आन्दोलनको क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको कार्यालय भवनको तीन महिनाको विस्थापनपछि अस्थायी स्थलबाट सेवा सञ्चालन भएको थियो । भवन पुनर्निर्माणको काम इलाका प्रहरी कार्यालय पुनर्स्थापना सहयोग समितिको पहलमा सुरु भएको थियो ।

भवन निर्माणमा कुल ५३ लाख ३५ हजार ८०७ रुपैयाँ खर्च भएको छ, जसमा ४४ लाख ३७ हजार रुपैयाँ इटहरी उप–महानगरपालिकाबाट र ९ लाख ४३ हजार रुपैयाँ उपभोक्ता समितिबाट योगदान गरिएको थियो ।

उद्घाटन समारोहमा इटहरी उप–महानगरपालिका प्रमुख हेमकर्ण पौडेल, वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा, उप–प्रमुख संगीता कुमारी चौधरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवे र इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमाल सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार