‘कोशी नामको विवाद राजनीतिक रुपले समाधान गर्नुपर्छ'

आइतबार, १७ बैशाख २०८०
पाँचथर । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कोशी प्रदेश नामकरण भएपछि सिर्जित घटनाक्रमलाई राजनीतिक रुपले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । आङ्देम्बेले नेपाल प्रेस युनियन पाँचथर शाखाको छैटौं अधिवेशनको उद्घाटन सत्रमा  बोल्दै यस्तो बताएका हुन् । विरोध र प्रतिवादका घटनाले राजनीतिक दल र नागरिक समाज ध्रुवीकरणको दिशातर्फ उन्मुख भएको भन्दै आङ्देम्बेले हिंसा भड्किन नदिन सबै राजनीतिक दल र शीर्ष नेतृत्व सचेत हुनुपर्ने बताए । समस्या समाधानका लागि संवाद गर्न राजनीतिक संयन्त्र बनाउनुपर्ने उनको धारणा थियो । पहिचान पक्षधरहरुको आवाजलाई दबाउन खोज्नु जायज नहुने भन्दै आङ्देम्बेले समस्या समाधानका लागि संवादको वातावरण बनाउनु पर्ने दोहोर्‍याए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार