मोरङको कानेपोखरीमा पुरुष मृत फेला

आइतबार, १७ बैशाख २०८०
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ बिहीबारेमा रहेको पैनीमा आइतबार दिउँसो एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । ज्यामिरे पैनीको अस्थायी पुलमुनिको खोल्सीमा ५० वर्षीय भक्तबहादुर सार्की मृत भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । पुलमुनि पानी बगिरहेको पैनीको खोल्सीमा घोप्टो परेको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । सार्कीको अनुहारमा चोटपटक छ । पुल तर्ने क्रममा खसेर ढुंगामा बजारिँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार