इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकाले कोशी नदी र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार बिहान संखुवासभामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माणस्थल सुक्खा पहिरो गरेको थियो ।
पहिरोकै कारण अरुण नदी थुनिएको थियो ।
नदी थुनिएको स्थानमा करिब २६ मिटर भन्दा बढी पानी जमेको र ड्याम माथिबाट पानी बग्ने भएकाले ड्याम कटाननबाट जुनसुकै समयमा पानीको बहाव एक्कासी बढ्ने भन्दै नगरपालिकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन सचेत गराएको हो ।
वराहक्षेत्र नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको बैठकले सो बहावका कारण अप्रिय घट्ना घट्ने तथा धनजनको क्षति हुने सक्ने सम्भावना भएको भन्दै कोशी नदी र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरेको हो ।
प्रतिक्रिया