काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा- १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् ।
पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए । गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन नसकेको तर राजीनामा बारे प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी गराइसकेको बताएका छन् ।
गुप्ता हाल रास्वपाका नेताहरुसँग मधेश प्रदेशमा रहेका छन् ।
प्रतिक्रिया