काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उम्मेदवार टुंगाइरहेको छ । रास्वपाले अहिलेसम्म टुंगो लगाएकामा झापा- ५ बाट बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाएको छ भने झापा- १ मा निशा डाँगी, झापा- २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा- ३ मा प्रकाश पाठक, झापा- ४ मा शम्भु सुस्केरा ढकाललाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी रास्वपाले धनुषा- ३ बाट प्रवक्ता मनिष झालाई उम्मेदवार बनाएको छ भने गणेश कार्कीलाई मोरङ-३ बाट उम्मेदवार बनाएको छ । त्यस्तै मोरङ- १ मा अधिवक्ता यज्ञमणि न्यौपानेलाई टिकट दिएको छ । त्यसैगरी ओखलढुङ्गामा विश्वराज पोखरेल उम्मेदवार बनेका छन् भने स्याङ्जा- १ मा धनन्जय रेग्मी, बागलुङ- २ मा सोम शर्मा, रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार छन् ।
त्यस्तै बाजुरामा हेमराज थापालाई टिकट दिइएको छ भने तनहुँ क्षेत्र नम्बर १ मा उपसभापति स्वर्णिम वाग्ले, तनहुँ- २ श्रीराम न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै धादिङ-२ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् भने नुवाकोट–१ मा डा. विक्रम तिमिल्सिना र नुवाकोट- २ मा डा. अच्युतम लामिछानेले टिकट पाएका छन् । त्यसैगरी दाङ-३ मा कमल सुवेदीले टिकट पाएका छन् भने लमजुङमा धर्म केसी र नवलपुर- १ मा राजन गौतमलाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी जुम्लामा विनिता कठायत, दोलखामा इञ्जिनियर जगदीश खरेल उम्मेदवार बनेका छन् ।
त्यस्तै ताप्लेजुङमा विरेन्द्र श्रेष्ठ, उदयपुर-२ मा सुर्यबहादुर तामाङ, काठमाडौँ- ६ मा शिशिर खनाल, काठमाडौँ- ७ मा गणेश पराजुली, काठमाडौँ- ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ- ९ मा डिपी अर्याल, चितवन-१ मा हरि ढकाल, चितवन-२ मा रवि लामिछाने, चितवन-३ मा सोबिता गौतमलाई उम्मेदवार बनाएको छ ।
कञ्चनपुर- १ ,आ जनकसिंह धामी, कञ्चनपुर-२ मा दीपक बोहोरा र कञ्चनपुर- ३ मा ज्ञानेन्द्र महतालाई टिकट दिइएको छ भने कैलाली- १ मा कोमल ज्ञवाली, कैलाली-३ मा लक्ष्मण थारु, कैलाली-४ मा हरि रेग्मी र कैलाली-५ मा आनन्द चन्द उम्मेदवार बनेका छन् ।
त्यस्तै रास्वपाले बाँके-३ मा खगेन्द्र सुनार, कास्की-२ मा उत्तम पौडेल र रुपन्देही-३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया