सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

सोमबार, ०५ माघ २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार १० ग्राम सुनकै मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ पुगेको छ । 

यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको महासंघको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार