काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि भोलि उम्मेदवारी दर्ता गर्नका लागि निर्वाचन आयोले दलहरूलाई फरक-फरक समय छुट्याइदिएको छ ।
आयोगले सबैभन्दा सुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय दिएको छ भने नेपाली कांग्रेसलाई अन्तिमको स्लट दिएको छ । आयोगले मुख्य ५ राजनीतिक दललाई फरक-फरक समय दिएको छ तर अन्य दलको हकमा भने निश्चित समय तोकेको छैन ।
आयोगका अनुसार सबै भन्दा पहिले दिउँसो १ बजे रास्वपालाई समय दिइएको । सबैभन्दा पछि कांग्रेसलाई ४ बजेको समय दिइएको छ ।
आयोगको तालिकाअनुसार देशैभरी रास्वपाका उम्मेदवारले १ बजे, राप्रपाका उम्मेदवारले २ बजे, एमालेका उम्मेदवारले साढे २ बजे, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ३ बजे र सबैभन्दा अन्तिममा नेपाली कांग्रेसका उम्मेदवारले ४ बजे उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
प्रतिक्रिया