बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको हो : मन्त्री गौतम

विहीबार, १५ माघ २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम

काठमाडौं  : बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बताएकी छिन् ।बिहीबार काठमाडौंमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गौतमले यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँदै यो वर्षलाई बीमामा बजेट नभएको तर खर्च असिमित हुँदै गएको गुनासो गरिन् ।

 

मन्त्री गौतमले भनिन्, ‘मुख्य समस्या अहिले बीमामा हो । जति बजेट विनियोजन भएको थियो त्यो बजेटभन्दा धेरै बढि बीमा दाबी हुन थाल्यो । यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्कियो । यो वर्षलाई बीमामा बजेट नै छैन तर खर्च असिमित हुँदै गयो ।’

 

त्यस्तै गौतमले बीमामा महिनाको २ अर्ब खर्च हुन थालेको र सरकारले त्यो भुक्तानि गर्न नसक्ने अवस्था रहेको बताउँदै बीमामा सुधारको काम गरिरहेको जानकारी दिइन् ।

मन्त्री गौतमले  बीमा कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारको योगदान हुने ऐनमा छ, तर अहिलेसम्म संघले मात्र भुक्तानि गर्नुपर्दा एकोहोरो बोझ पर्ने स्थिति पैदा भएको समेत बताइन ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार