धरानबाट २२७ किलो गाँजा बरामद, २ जना पक्राउ

विहीबार, २१ बैशाख २०८०
धरान । सशस्त्र प्रहरीको टोलीले बिहीबार बिहान २ सय २७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसार्ने २ जनालाई पक्राउ गरिएको छ। धनकुटाबाट मिनी ट्रकमा ल्याइँदै गरेको गाँजा धरान उपमहानगरपालिका–१३ स्थित शिवधारामा बरामद गरिएको हो । प्रदेश १–०२–००१ ख ९४८९ नम्बर मिनी ट्रकमा राखेर इटहरीतर्फ गाँजा ल्याइरहेको सूचनाका आएपछि सशस्त्र प्रहरी बलका कोसी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले नियन्त्रणमा लिन सशस्त्रलाई निर्देशन दिएका थिए । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ सिँधुवाका अन्दाजी ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी २ ओख्रेका अन्दाजी २८ वर्षीय चूणामणि कटवाल छन् । सशस्त्र प्रहरी बल सुरक्षा बेस धरानबाट खटिएको डीएसपी सुरज रिजाल नेतृत्वको टोलीले गाँजा नियन्त्रणमा लिँदै ओसार्न संलग्न २ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार