इलाममा माटोले पुरिएर चारजना भारतीय श्रमिकको मृत्यु

शुक्रबार, २२ बैशाख २०८०
विराटनगर । इलामको सूर्योदय नगरपालिकामा घर बनाउने क्रममा माटोले पुरिएर चारजना भारतीय श्रमिकको मृत्यु भएको छ । शुक्रबार अपराह्न नगरपालिकाको १० नम्बर वडामा स्थानीय विनोद श्रेष्ठको घर निर्माणका क्रममा चार जनाको मृत्यु भएको हो । घर निर्माणका लागि जग खन्ने क्रममा माटोको ढिस्को खस्दा भारतको बिहारका १९ वर्षीय मैजफर आलम, १८ वर्षीय तोसिब आलम, मो. अब्दुल आलम, र अलिम महिम आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ज्यान गुमाउने चारैजना बिहारको किसनगञ्ज जिल्लाका हुन् । प्रहरीका अनुसार माटो खस्दा अन्य तीन जनाले भागेर ज्यान जोगाएका थिए । पोष्टमार्टमका लागि शव फिक्कलस्थित फिक्कल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार