घाँटीमा मासु अड्किएर मृत्यु

शनिबार, २३ बैशाख २०८०
काठमाडौं । डोटीमा एकजनाको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–५ का पदम नेपालीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो । घरमै मासु खाइरहेका ५० वर्षका नेपालीको घाँटीमा चोक्टा अड्किएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाँटीमा मासु अड्किएर सिकिस्त भएपछि उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्‍याइएका नेपालीलाई ठाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार