विराटनगर । कोसी प्रदेशमा गहुँ उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा प्रदेशमा यस वर्ष ९३ दशमलव ८८ मेट्रिकटन बढी गहुँ उत्पादन भएको हो ।
गत वर्ष १ लाख ४१ हजार ८ सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष १ लाख ४१ हजार ९ सय २१ दशमलव ८८ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
रासायनिक मल अभाव र सिंचाइ कमीले अपेक्षाकृत वृद्धि नभएको कृषि विकास निर्देशनालय विराटनगरका कृषि अर्थविज्ञ नेत्रमणि काफ्लेले बताए ।
सुनसरीमा ४१ हजार २ सय १३ मेट्रिक टन गहुँ उत्पादन भएको छ । भोजपुरमा ७ सय १८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
झापामा १४ हजार ८ सय ५० मेट उत्पादन भएको छ । मोरङमा २८ हजार ५ सय ७६ मेट गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
संखुवासाभामा १६ सय ४९ मेटिक टन, ताप्लेजुङ्गमा २ हजार ८ सय ९६, सोलुखुम्बुमा ४ हजार ३ सय १२ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
यस्तै, पाचथरमा ६ हजार ४ सय ३७ दशमलव ४८, इलाममा ११ हजार ६ सय ८२, तेह्रथुम ४ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको छ । धनकुटामा २ हजार ७ सय, उदयपुरमा १२ हजार ८ सय २७, ओखलढुङ्गा ३ हजार ३ सय १० र खोटाङमा ६ हजार ६ सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
प्रतिक्रिया