बेमौसमी वर्षाका कारण झापामा धान उत्पादन घट्यो

विहीबार, १८ मंसिर २०८२
फाइल फोटो

झापा :  बेमौसमी वर्षाका कारण  धानखेतीमा क्षति पुग्दा झापा जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र झापाले जनाएको हो ।

ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको विष्टले जानकारी दिए । 

जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताए । गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धानखेती गरिएकामा तीन लाख ८२ हजार ८१२ मेट्रिकटन उत्पादन भएको थियो ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार