इलाम । नेपाल आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा पुनः चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् ।
बिहीबार राति सम्पन्न महासंघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष येक्तेन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्षमा तीनजना निर्वाचित भएका छन् । उपाध्यक्षमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ निर्वाचित भएका हुन् ।
सचिवमा याम वाङ्देल, निर्वाचित भएका छन् भने सहसचिव अर्जुन मगर र माङ्गा उराउ चयन भएका छन् । कोषाध्यक्षमा वालकुमारी देवान निर्वाचित भएकी छन् ।
सदस्यहरुमा ङीमा दोर्जे शेर्पा, दिपक कुमाल, गंगा सुनुवार, दावा लाप्चा, छिकिन तामाङ, दिपक दनुवार, दिपक गुरुङ र इन्द्रकुमारफ योल्मो निर्वाचित भएका छन् ।
प्रतिक्रिया