नागरिक उन्मुक्ति पार्टीद्वारा बिर्तामोडमा प्रदर्शन

शनिबार, ०६ जेठ २०८०
झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ । रेशम चौधरीसहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै शुक्रवार बिर्तामोडमा विरोध प्रदर्शन गरिएको हो । उनीहरुले चौधरीलाई बिना सर्त रिहाई गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, निर्दाेष ठहर भएका थारु नेताहरुलाई क्षतिपूर्ति दिनुपर्ने, कैलाली टिकापुरको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरिनु पर्नेलगायत माग राखेका थिए । त्यस्तै उनीहरुले पार्टीका युवा नेता पूर्ण सुहाङलाई तुरुन्त रिहाई गरिनु पर्ने र सम्पूर्ण पहिचानवादीहरु एक हुन आग्रह गरेका छन् । प्रदर्शनपछि कोण सभालाई नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का केन्द्रीय सदस्य तथा कोशी प्रदेश खारेज संघर्ष समितिका संयोजक धनवहादुर पन्धाक सुब्बा, पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्ग, केन्द्रीय सदस्य दीनेश चन्द्र राजवंशीले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका महासचिव दिलकुमार लावतीले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार