पूर्वी रुकुममा भूकम्प

आइतबार, ०७ जेठ २०८०
काठमाडौं । पूर्वी रुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर आज बिहान २ : ५९ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रबिन्दु भएर गत वैशाख २१ गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार