झापा । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक राष्ट्रवादी समूहले उम्मेदवारी घोषणा गरेको छ ।
बिर्तामोडस्थित एक होटलमा मेघराज वास्तोलाको अध्यक्षतामा सो समूहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । आगामी जेठ १५ गते बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको निर्वाचन हुँदैछ ।
लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार छन् । सदस्यमा आनन्द गुरुङ, बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल छन् ।
नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा उम्मेद्वारको घोषणा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले गरेका थिए ।
राप्रपाका नेता शंकर रिजालले स्वागत गरेको कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेले, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गरेका थिए ।
प्रतिक्रिया