पेस्तोलसहित धरानमा दुईजना पक्राउ

सोमबार, ०८ जेठ २०८०
विराटनगर । प्रहरीले स्वचालित पेस्तोलसहित धरानमा दुई जनालाई पक्राउ गरेको छ । धरान–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र वडा–५ देउरालीका २५ वर्षीय कुमार भण्डारी पक्राउ परेका हुन् । प्रहरीका अनुसार धरान–८ स्थित जनता ग्यारेजमा लुकाइराखेको अवस्थामा मेडइन यूएसए लेखिएको पेस्तोल बरामद भएको थियो । उक्त ग्यारेजका सचालक भण्डारी हुन् । पेस्तोललाई कटर मेसिनले काटेर तीन टुक्रा पारेको अवस्थामा खाली म्यागेजिनसहित बरामद गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार