कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्दै माओवादीलाई कांग्रेसको पत्र

बुधबार, १० जेठ २०८०
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई औपचारिक आग्रह गरेको छ । जेठ ४ गते बसेको दलको बैठकले माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको थियो । संसदीय दलको तर्फबाट नेता उद्धब थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पत्र लेख्दै गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरेका हुन् । कांग्रेसले पठाएको पत्र मंगलबार माओवादीले प्राप्त गरेको जनाएको छ । ‘संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धन अनुसार सरकार गठन भइसकेको छ । यो अवस्थामा गठबन्धन दलहरुको मर्म र भावनाअनुरुप कोशी प्रदेशमा संघीय गठबन्धन अनुरुप नै सरकार गठन गर्नुपर्ने कांग्रेसको भनाइ छ । त्यसैले हालको गठबन्धन दलहरुबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गर्ने नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको जेठ ४ को बैठकले निर्णय गरको थियो । कांग्रेसले २०७९ सालको आम निर्वाचनमा विभिन्न राजनीतिक दलहरु मिलेर गठबन्धन गरी निर्वाचन लडेको विषय पनि उल्लेख गर्दै भनेको छ, ‘निर्वाचनको परिणाम पछि गठबन्धन दलमा केही मतभेद देखापरी गठबन्धन दलमा केही फेरबदल भइ सम्माननीय राष्ट्रपतिको निर्वाचन अघि पुनः गठबन्धन दलहरु एकै ठाउँमा उभिएको कुरा समेत जगजाहेर छ ।’ माओवादी केन्द्र दलका नेता आङ्बोले उक्त पत्रबारे प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराउने बताएका छन् । ‘गठबन्धनको शीर्ष तहमा हुने सहमति र समझदारीलाई माओवादी प्रदेश संसदीय दलले कार्यान्वयन गर्ने उनले बताए । [caption id="attachment_13209" align="alignnone" width="1432"] .[/caption]

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार