लघु उद्यम विकासका लागि उपकरण सहयोग

विहीबार, ११ जेठ २०८०
विराटनगर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न सामग्री प्रदान गरेको छ । महानगरले वडा नम्बर ४ र १७ मा सञ्चालित उद्यमशीलता तालिमका सहभागीहरुलाई सिलाई मेसिनसहितका सामग्री प्रदान गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सिलाई मेसिन, कैची, स्प्रे मेसिन प्रदान गरे । यस्तै, समूहमा तरकारी खेतीका लागि हाते ट्याक्टरसमेत प्रदान गरिएको थियो । त्यस्तै गुडिया उत्पादन गर्ने मेसिन पनि वितरण गरिएको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार