भोजपुरमा हाईड्रोपावरका कर्मचारी सुतेकै अवस्थामा मृत भेटिए

विहीबार, ११ जेठ २०८०
विराटनगर । भोजपुरको षडानन्द नगरपालिका २ स्थित चिर्खुवा हाईड्रोपावरको ट्रयाक्टर चालक मृत फेला परेका छन् । सिन्धुलीको गोलनजोर गाउँपालिका २ घर भएका ३० वर्षीय लक्ष्मण रैका मगर सुतेकै अवस्थामा मृत भेटिएका हुन् । बुधबार बेलुका खाना खाएर हाईड्रोपावरस्थित क्वाटरमा सुतेका उनी बिहीबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको परिवारलाई खबर गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार