रुकुममा जीप दुर्घटना: पाँचजनाकाे मृत्यु

विहीबार, ११ जेठ २०८०
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जीप दुर्घटना भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सानीभेरी गाउँपालिका- ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जाँदै गरेको लु १ ज १७४७ नम्वरको जीप दुलीको मोतिखोलामा दुर्घटना भएकाे हो। दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका-८ की रेखा खत्री र उनको २२ दिनकाे छोराको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, दुर्घटनामा परेर स्थानीय २५ वर्षीया सिताला कुसारीकाे पनि मृत्यु भएको वडा नम्बर ८ का अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए। उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारको लागि पठाइएको छ। जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार