सम्पर्कबिहीन भएका व्यक्ति मृत फेला

विहीबार, ११ जेठ २०८०
धनकुटा । धनकुटा नगरपालिका ६ का ४२ वर्षीय खेमराज भनिने बेलबहादुर राई मृत अवस्थामा फेला परेका छन् । बुधबार पसल जान्छु भनेर घरबाट हिंडेका उनी नफर्किएपछि खोजी गरिएको थियो । परिवारको सम्पर्कमा नआएपछि प्रहरी, आफन्त र स्थानीय बासिन्दा मिलेर उनको खोजी गरिएको थियो । प्रहरीका अनुसार उनलाई बिहीबार कोशी लोकमार्गको कलबोटमा घोप्टो परेर लडेको अवस्थामा मृत फेला पारिएको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार