विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ ।
धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।
महानगरपालिकाका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले किसानलाई धानको बिउ प्रदान गरेका थिए ।
महानगरले विराटनगर ४, ५, ६, १४, १६, १८ र १९ नम्बर वडाका ५२५ जना किसानलाई १६ हजार १६९ केजी बिउ वितरण गरेको छ ।
सो बिउले ४०३ बिघा क्षेत्रफललाई पुग्नेछ । वितरण गरिएको बिउबाट २८ हजा २४५ मेट्रिक टन धान उत्पादन हुने महानगरको कृषि शाखाले जनाएको छ ।
प्रतिक्रिया