झापा । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष धानको बीज बृद्धि गर्ने योजना अघि सारेको छ ।
धानको बीउमा नगरक्षेत्रका कृषकलाई आत्मनिर्भर बनाउन ८० विगाह क्षेत्रफलमा धानको रैथाने जातको बीउ मात्र नभई बीउ, बिक्री गरेर कृषकको जीवनस्तर उठाउने योजनाले अघि सारेको हो ।
धानसँगै सहकारीले रैथाने जातको मकैको बीउ समेत उत्पादन गर्न कृषकलाई सहयोग गरिरहेको सहकारीका अध्यक्ष प्रत्युष राना मगरले जानकारी दिए ।
सहकारीले नगरका कृषकसँग बीज बृद्धिका लागि दुई दिने कार्यशालाको आयोजना गर्दै सहकारीले गर्ने कार्यक्रमबारे जानकारी दिइएको थियो ।
कार्यशालाको उद्घाटन कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले गरेका थिए ।
मन्त्री सिटौलाले नेपाल कृषि प्रधान देशमा बाह्य देशबाट खाद्यन्य लगायतका बस्तु आयात बढ्दो रहेकाले यसलाई रोक्न लाग्नु पर्ने बताए ।
उनले कृषिमा भविष्य भए पनि कृषि पेशा अँगाल्नेहरुले नबुझिकन कृषि पेशा गरेका कारणले कृषकले वर्षेनि ठूलो नोक्सानी व्यहोर्नु परेको बताए । मन्त्री सिटौलाले कृषि कर्म गर्दा सम्वन्धित वालीको विषयमा पर्याप्त ज्ञान लिएर मात्र पेशा आगाल्न सुझाव दिए ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले तामाङले अर्जुनधारा नगरपालिका कृषिमा आधारित नगर भएको बताउँदै कृषकलाई कृषि उत्पादनमा सहयोग पु¥याउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
उनले भने ‘अहिलेको प्रविधि प्रयोग गर्दै उन्नत जातका बीऊ विजन उत्पादनमा जोड्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।’
नगर क्षेत्रभित्र उत्पादन भएका बस्तुले अहिले बजार नपाउने गरेको बताउँदै बजारको खोजी गर्न संघीय सरकार र प्रदेश सरकारलाई उनले आग्रह गरे ।
स्थानीय सरकारको बजेटले मात्रै नगरले लिएको लक्ष्य सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकार संग समन्वय र सहयोग पु¥याउन तामाङको आग्रह छ ।
नगर बिकास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रत्युष राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी सदस्य देवकला प्रसाईले गरेकी थिइन् ।
कार्यक्रममा पूर्वसांसद वृख प्रधान, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट, सतासी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।
संस्थाले यसअघि दिएको तालिममा सहभागी भएर कृषिलाई व्यवसायिकीकरण गरेर उन्नत जातका बीउ, बीजन प्रयोग गरी उत्पादनमा जोड दिएको भन्दै तीनजना कृषकलाई सो समारोहमा सम्मान गरिएको थियो । तालिममा ६४ जनाको सहभागिता छ ।
प्रतिक्रिया