विराटनगर । प्रदेस नामकरणप्रति असन्तुष्ट संगठनका कार्यकर्ताले विराटनगरमा आज आइतबार बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।
प्रदेस सभाको बजेट आजै सुरु हुँदैछ । अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका ‘एलभी फोर्स’ का दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेस सभा भवन रहेको स्थानभन्दा केही पर देवकोटाचोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ प्रशासनले प्रदेस सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आसपास लगायत क्षेत्रमा धर्ना, प्रदर्शन, जुलुस गर्न निषेध गरेको छ ।
पुस १७ गते प्रदेशको नामकरण गरिएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।
नामकरणको विरोधमा रहेका पहिचानवादी संगठनहरूले प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् ।
शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोसी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए ।
आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
आन्दोलनकारीको सम्भावित प्रदर्शनलाई ध्यान दिंदै विराटनगरका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया