विराटनगर । कोसी प्रदेश नाम खारेज गर्दै पुनः नामकरणको मागसहित आन्दोलनमा उत्रिएका ३१ जना विराटनगरमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन राईलगायत छन् ।
यसैगरी, पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् ।
‘एलभी’ लेखिएको टोपी लगाएका १५ जनाभन्दा बढी पहिचान पक्षधर संगठनका कार्यकर्ताहरु पनि पक्राउ परेका छन् ।
सभा, सम्मेलन, धर्ना गर्न निषेध गरिएको क्षेत्रमा प्रवेश गर्न नदिनका लागि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
प्रदेश सभाको अधिवेशन आजैदेखि बस्दैछ। त्यसैलाई लक्षित गर्दै आन्दोलनकारीहरुले विराटनगरमा प्रदर्शन गरिरहेका हुन् ।
प्रतिक्रिया