प्रदर्शनकारी र प्रहरीबीच झडप, आन्दोलनकारीद्वारा ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास प्रहार

आइतबार, १४ जेठ २०८०
विराटनगर । प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचान पक्षधर प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रदर्शन सुरु गरेपछि प्रहरीले निषेधित क्षेत्रतिर जानबाट रोक्ने कोसिस गरेको थियो । जबर्जस्ती निषेधित क्षेत्र तोडेर प्रदर्शन चर्काएपछि प्रहरीले नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा प्रहार गरेका छन् । आन्दोलनका क्रममा पक्राउ पर्ने प्रदर्शनकारीको संख्या ३७ पुगेको छ । पहिचान पक्षधरद्वारा सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । यसअघि बिहान आन्दोलनकारीले प्रदेश सभा घेराउ गर्ने उद्देश्यले देवकोटा चोक आसपास भेला भएर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले ३१ जनालाई पक्राउ गरेको थियो । आजैबाट प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ । त्यही कारण आफ्ना मागप्रति ध्यानाकर्षण गराउन भन्दै पहिचान पक्षधरहरुले विराटनगरकेन्द्रीत आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार