मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर बालकको मृत्यु

सोमबार, १५ जेठ २०८०
विराटनगर । मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर सोमबार दिउँसो ८ वर्षीय बालकको मृत्यु भएको छ । सामुदायिक वनभित्रको पोखरीमा डुबेर घाइते भएका मिक्लाजुङ गाउँपालिका–६ का पदम राईका छोरा ८ वर्षीय साङकेन राईको उपचारका क्रममा मृत्यु भएको हो । मिक्लाजुङ–६ कालीदहस्थित वनभित्र रहेको पोखरीमा डुबेर घाइते भएको अवस्थामा दिउँसो १२ः३० बजेतिर बालकलाई उद्धार गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पौडी खेल्ने क्रममा डुबेका साङकेनलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा दिउँसो १ः४५ बजेतिर उनको मृत्यु भएको हो । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार