नामकरणविरुद्ध आन्दोलनः कार्यकर्ता रिहा गर्न माग, हडतालको चेतावनी

मंगलबार, १६ जेठ २०८०
विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । विराटनगरमा आइतबार भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई साँझ छाडिए पनि २६ जना प्रहरी हिरासतमै छन् । समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ । माग सम्बोधन नभए बुधबारबाट अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार