झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा लोकतान्त्रिक राष्ट्रवादी प्यानल निर्वाचित भएको छ ।
मेघराज बास्तोला नेतृत्वको प्यानलै निर्वाचित भएको हो । अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै बास्तोला निर्वाचित भएका हुन् । बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले ८७३ मत पाए ।
उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८ मत, सचिव पारस मैनाली २३४४, कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६, माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत ल्याइ निर्वाचित भएका छन् ।
प्रतिक्रिया