मोरङ कारागारका बन्दीको मृत्यु

विहीबार, १८ जेठ २०८०
विराटनगर । मोरङ कारागारमा रहेका एकजना बन्दीको बिहीबार मृत्यु भएको छ । लागूऔषध मुद्दामा कारागारमा रहेका मोरङको जहदा गाउँपालिका १ भुटाहाका २८ वर्षीय मुन्ना मलाहको मृत्यु भएको हो । पेट दुख्ने समस्या भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार