मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

शुक्रबार, १९ जेठ २०८०
विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका ३ सयपत्री चोकमा मोटरसाइकलको ठक्करले शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मेची राजमार्गको उक्त सडक खण्डमा प्रदेश १–०१–०१४ प १७६५ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका स्थानीय ६५ वर्षीय बलबहादुर बस्नेतलाई ठक्कर दिएको थियो । सिकिस्त घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार