धरान । ‘पहिचानको लागि युवा’ (युथ फर आइडेन्टीटी) सुनसरीले धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गरेको छ ।
युथ फर आइडेन्टीटीले नगर प्रमुख राईलाई कार्यकक्षमा भेटेरै कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गरेको हो ।
नगर प्रमुख राई र प्रमुख प्रशासकिय अधिकृतलाई कोशी प्रदेश नामको विरुद्ध आफूहरुको आन्दोलन जारी रहेको अवगत गराउँदै उपमहानगरको कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गरिएको पहिचानका लागि युवा सुनसरीका संयोजक राजु के राईले बताए ।
उनले आफूहरुको आग्रहलाई नगर प्रमुख राईले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको संयोजक राईले बताए ।
प्रतिक्रिया