विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएका लेखापालको अवस्था गम्भीर

शनिबार, २० जेठ २०८०
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन् । शरीरका धेरैजसो भाग जलेर उनी सिकिस्त घाइते भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान फेला पारिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ढकाल सोही विद्यालयको लेखापाल हुन् । उनी बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेका थिए । उनको घर र विद्यालय नजिकै छ । चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभाएका थिए । घटनास्थलबाट ‘चिफ’ नामक किटनासक विषादीको बट्टा र पेट्रोलको गन्ध आउने दुईवटा बोतल प्रहरीले फेला परेको छ । घटनास्थलको प्रकृति हेर्दा सुरुमा किटनासक विषादी सेवन गरेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर खन्याउँदै शरीरमा ढकाल आफैँले आगो लगाएजस्तो देखिने डीएसपी दाहालको भनाइ छ । ढकालले प्रयोग गर्दै आएको प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकल शौचालयनजिकै फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार