धरौटीमा छुटे मदन राई, फाउन्डेसन जान रोक

मंगलबार, २३ जेठ २०८०
खोटाङ । बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् । आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् । जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दा फैसला नभइन्जेलसम्मका लागि धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ । जेठ २१ गते सरकारी वकिलको कार्यालयले अदालतमा बालयौन दुरुपयोग अभियोग पत्र दायर गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार