ट्रकको ठक्करले साइकलयात्रीको मृत्यु

विहीबार, २५ जेठ २०८०
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका ४ मा ट्रकको ठक्करले बिहिबार एकजना साइकलयात्रीको मृत्यु भएको छ । ना ४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री स्थानीय ६० वर्षीय बीरबहादुर राय सिकिस्त घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि उनलाई विराट नर्सिङहोममा पठाइएको थियो । चिकित्सकले जाँच गरेपछि उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । ट्रक चालक झापाको बिर्तामोड नगरपालिका ४ का ३२ वर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार