माया घर नेपालको विशेष साधारण सभा सम्पन्न

विहीबार, २५ जेठ २०८०
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित ‘माया घर नेपाल’ को दोस्रो साधारण सभा सम्पन्न भएको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित साधारणसभाका अवसरमा माया घर नेपालको श्रव्यदृश्य गीत सार्वजनिक गरिएको थियो । नेकपा एमाले प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रदेश सांसद मीना श्रेष्ठ, इटहरी उपमहानगरकी पूर्वउपप्रमुख लक्ष्मी गौतम, दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका खतिवडा, नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराई, नागरिक समाजका प्रतिनिधि भोलाकाजी बस्नेत, इटहरी २ का वडाध्यक्ष माधव कोइरालालगायत सहभागी थिए । त्यस अवसरमा माया घर नेपालकी अध्यक्ष राधिका दासीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । माया घर नेपालले यस आर्थिक वर्ष शुरु भएयता वैशाख मसान्त सम्म ७२ लाख ४५ हजार १४१ रुपैयाँ आम्दानी भएकामा ५५ लाख १३ हजार ५०१ रुपैयाँ खर्च भएको अध्यक्ष दासीले जानकारी दिइन् । माया घर नेपालमा हाल ११७ जनाले आश्रय लिएका छन् । हालसम्म ४ हजारभन्दा बढीको उद्धार गरिएको संस्थाले जनाएको छ । सडकमा रहेका बेवारिस मानसिक रोगी, महिला, पुरुष र बालबालिकाहरुको उद्धार र संरक्षण ,सडक बालबालिका, किशोरी महिलाहरुको शिक्षामा पहुँच गराएको जनाइएको छ । यसैगरी सचेतनामूलक सडक नाटक मञ्चलन गर्नुका साथै सडकमा रहेकाहरुलाई हिंसाबाट जोगाउने काम गरिएको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार