चुलाचुलीका २३ परिवारलाई जग्गाको लालपुर्जा

शनिबार, २७ जेठ २०८०
इलाम । चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा गाउँपालिकाका भूमिहीन परिवारलाई जग्गा वितरण गरिएको हो । लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाबिहिनहरुले अब आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आथित्यतामा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो । सो गाउँपालिका सहित अन्य पालिकाहरुमा अझैपनि भूमिहीन रहेको भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाई छ । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनहरुको समस्या समाधानका संघीय र प्रदेश सरकार लाग्नु पनेमा जोड दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार