इटहरीमा मनाइयो ‘प्राइड मन्थ २०२३’

सोमबार, २९ जेठ २०८०
इटहरी । यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वयर) समुदायले र्याली र दिप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाएका छन् । राइट हेयर राइट नाउ र इटहरी उपमहानगरपालिकाको सहयोगमा निल हिरा समाज प्रदेश समितिले इटहरी कार्यक्रमको आयोजना गरेको हो । सन् १९६९ जुन २८ मा न्यूयोर्क शहरको गे बार स्टोनवाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनीहरुको रिहाइका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनीहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरी जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको कार्यक्रमका संयोजक एक मानव कल्याण समाज इटहरी प्रमुख देवनारायण चौधरीले जानकारी दिए। यस कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको उनले बताए । त्यस्तै निल हिरा समाज प्रदेश समिति अध्यक्ष मुस्कान श्रेष्ठले प्राइड परेडको जमातले नकरात्मक सोचलाई बदल्न सक्ने र सरकार तथा समाजलाई पनि यस समुदायबारे सोच्न बाध्य बनाउने बताइन् । ‘‘इटहरी उपमहानगरकी उमेयर संगीता चौधरीले उद्घाटन गरेको र्याली मानव कल्याण समाज इटहरीको कार्यालयबाट सुरुभएर आइतबारे, इटहरी चौक हुँदै कार्यालयमै आएर समापन भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार