बाजुरामा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

सोमबार, २९ जेठ २०८०
बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर सोमबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार बिच्छ्या आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको हो । गत माघ १० गतेको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पपछि बाजुरालगायत आसपासका जिल्लामा साना भूकम्प निरन्तर आइरहेका छन् । हरेक महिना भूकम्प जान थालेपछि स्थानीय त्रसित बन्दै गएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार