सेवा आयोगका अध्यक्षलाई विद्यार्थीले दले कालो मोसो

सोमबार, २९ जेठ २०८०
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको सुधारका विभिन्न माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दलेका छन्। विश्वविद्यालय सुधारका लागि गत पुषबाट निरन्तर रुपमा विद्यार्थीहरु आन्दोलनमा रहेका छन्। यसक्रममा सोमबार नेविसंघ आवद्ध विद्यार्थीहरुले आयोगका अध्यक्ष महेश दाहाललाई क्वाटरमा पुगेर कालोमासो लगाएका हुन्। विश्वविद्यालयमा पटक–पटक सुधारका लागि विगत ५ महिनाबाट ध्यानाकर्षण गराउँदासमेत आयोगले कुनै सुनुवाइ नगरेको नेविसंघको आरोप रहेको छ। नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेलका अनुसार विद्यार्थीको मागप्रति आयोगले सुनुवाइ गर्न बेवास्ता गर्दै आएको थियो। अध्यक्ष पोखरेलले विश्वविद्यालयका उपकुलपतिले वार्ता गरे पनि आयोगले विद्यार्थीको माग र आन्दोलनलाई बेवास्ता गर्दै आए बताए। उनले भने, ‘हामीले पटक–पटक उहाँलाई जानकारी गरायौँ। विगत पुषबाट हामी आन्दोलनमा छौँ। विद्यार्थीहरुले विश्वविद्यालयमा तालाबन्दी गरेको छ। तर सेवा आयोगका अध्यक्ष ताला फोडेर कार्यदैनिकीमा समावेश हुन थालेपछि बाध्य भएर कालोमोसो दलेका हौँ।’ समस्यामा रहेका विद्यार्थीसँग वार्ता गर्न आयोग अध्यक्ष दाहाल पन्छिदै आएको विद्यार्थीको गुनासो छ। आन्दोलनरत विद्यार्थीहरु आफ्नो मागबारे उपकुलपतिसँग शान्तिपूर्वक वार्ता गर्दै आएको बताउँछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार