बुढिगंगाको शिरमा व्यवस्थित दाहसंस्कार स्थल बन्दै

बुधबार, ३१ जेठ २०८०
धरान । बुढिगंगाको शिर मानिने मोरङको बुढिगंगामा व्यवस्थित दाहसंस्कार स्थल बन्ने भएको छ । स्थानीयले दाहसंस्कार स्थलको रुपमा प्रयोग गर्दै आएको उक्त स्थानलाई व्यवस्थित बनाउन बुढिगंगा घाट समिति बनाएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो । त्यहीअनुसार निर्माणको काम सुरु गरिएको छ । बुढिगंगा दाहसंस्कार स्थल व्यवस्थापन समितिले ६ करोड १५ लाख रुपैयाँ लागतमा दाहसंस्कार निर्माण गर्नेगरी डीपीआर तयार गरेको हो । केराबारी–५ स्थित बुढिगंगाको तटमा निर्माण हुने दाहसंस्कार स्थलमा व्यवस्थित मलामी घर, जुठो बार्ने घर, बगैँचा र खुल्ला स्थल समेत राखिने निर्माण समितिका अध्यक्ष अमरबहादुर कटवालले बताए । प्रदेश सरकारको बजेटमा उक्त क्षेत्रलाई तटबन्धन गरी स्थान सुरक्षित गर्ने काम भइरहेको छ । यसवर्ष जलस्रोत तथा सिचाई विकास डिभिजन सुनसरीले २९ लाख बजेट विनियोजन गरी दाहसंस्कार निर्माण स्थललाई खोलाबाट सुरक्षित गर्ने काम गरेको अध्यक्ष कटवालले जानकारी दिए । उनका अनुसार दाहसंस्कार स्थल निर्माण सम्पन्न भएपछि केराबारी ४, ५, ६ नम्बर वडाका साथै सुनसरीको धरान उपमहानगरपालिकाका ६, ५ र १५ नम्बर वडाका बासिन्दा लाभान्वित हुनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार